२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरेको आरोप खेप्दै आएको नेपाली कांग्रेस यस पटक पनि विवादबाट मुक्त हुन सकेन। जेनजी आन्दोलनपछि सुधारको अपेक्षा गरिएको भए पनि फागुन २१ को निर्वाचनका लागि बुझाइएको समानुपातिक सूचीमा पुरानै प्रवृत्ति दोहोरिएको देखिएको छ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ११० जनाको समानुपातिक सूचीमा नेताहरूका श्रीमती, छोराछोरी, ससुरा, बहिनी तथा स्वकीय सचिवसम्मलाई समेटिएको छ। यसले समानुपातिक प्रणालीको उद्देश्यविपरीत पहुँचवालालाई अवसर दिएको भन्दै आलोचना बढेको छ।

प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरेका नेता अर्जुन नरसिंह केसी यस पटक खस आर्य समूहबाट समानुपातिक सूचीमा परेका छन्। लामो समय राजनीति र सत्तामा रहेका उनको नाम समानुपातिकमा राखिनु संविधानको मर्मविपरीत भएको टिप्पणी भइरहेको छ। उनी कांग्रेस महामन्त्री गगन थापाका ससुरा पनि हुन्। थापाले भने यसमा आफ्नो सहमति नरहेको बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव पनि समानुपातिक सूचीमा परेपछि पार्टीमाथि आलोचना झन् चर्किएको छ। सत्ता र पदको प्रभाव प्रयोग गरिएको आरोप कांग्रेसमाथि लागेको छ।

एकै परिवारका दुई सदस्यलाई सूचीमा राखिएको विषय पनि विवादास्पद बनेको छ। बलबहादुर केसीकी श्रीमती रिना उप्रेती र बहिनी गोमा केसी दुवै समानुपातिक सूचीमा छन्। यसलाई पदीय दुरुपयोगको उदाहरणका रूपमा लिइएको छ।

यस्तै, कांग्रेसका नेता विमलेन्द्र निधीकी भान्जी निनु कर्ण र पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका स्वकीय सचिव टेकबहादुर बिक पनि समानुपातिक सूचीमा परेका छन्।

संविधानले पछाडि पारिएका वर्ग र समुदायलाई प्रतिनिधित्व गराउने उद्देश्य राखे पनि कांग्रेसको सूचीमा सम्पन्न र पहुँच भएका व्यक्तिहरू बढी देखिएको भन्दै आलोचना भइरहेको छ। अन्य दलले त्रुटि स्वीकार गर्दै सूची सच्याउने संकेत गरे पनि कांग्रेस भने हालसम्म यस विषयमा मौन देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय