२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अझै ६४ दिन बाँकी रहँदा ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूले आवश्यक प्रक्रिया पूरा गर्दै सूची बुझाएका हुन्।

निर्वाचन आयोगका अनुसार बन्दसूची पेस गर्ने दलमध्ये ५४ वटा दलले आफ्नै निर्वाचन चिन्हमा चुनावमा भाग लिने गरी सूची बुझाएका छन्। बाँकी १० वटा दलले भने चार वटा एकल निर्वाचन चिन्हमार्फत प्रतिस्पर्धा गर्ने गरी बन्दसूची पेस गरेका छन्।

संविधानअनुसार प्रतिनिधिसभामा पहिलो हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित हुने व्यवस्था छ।

यस्तै निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारका लागि आवश्यक कागजातको सूची पनि सार्वजनिक गरेको छ। उम्मेदवारले नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण, धरौटी बुझाएको रसिद तथा अन्य विवरण पेस गर्नुपर्नेछ।

महिला, दलित, अल्पसंख्यक र आर्थिक रूपमा विपन्न उम्मेदवारलाई धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारले स्थानीय तहको सिफारिस पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगले निर्वाचनको तयारीस्वरूप सातै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालयहरू पनि सञ्चालनमा आइसकेका छन्। राजनीतिक दलहरू पनि उम्मेदवार छनोट र चुनावी तयारीमा जुटिरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय