२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अत्यावश्यक सामग्री ढुवानी गर्न इच्छुक फर्म तथा कम्पनीलाई आवेदन दिन आग्रह गरेको छ।

आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर र कुरियर सेवा प्रयोग गरिनेछ। यसका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन भनिएको छ।

सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीले आवश्यक मापदण्ड पूरा गरी आवेदन दिनुपर्नेछ। आवेदनका साथ सेवा सञ्चालनको इजाजतपत्र, मूल्यअभिवृद्धिकर दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र र विगत तीन आर्थिक वर्षको कारोबार विवरण खुल्ने कागजात पेस गर्नुपर्ने आयोगले जनाएको छ।

हेलिकप्टर भाडामा दिन चाहने कम्पनीको पछिल्लो तीन आवको न्यूनतम औसत वार्षिक कारोबार तीन करोड रुपैयाँ हुनुपर्नेछ। ट्रक तथा कन्टेनरका लागि एक करोड र कुरियर सेवाका लागि ३० लाख रुपैयाँ बराबरको कारोबार विवरण अनिवार्य गरिएको छ।

कुरियर सेवा दिन चाहने कम्पनीले ७७ वटै जिल्लामा कार्यालय वा प्रतिनिधि रहेको विवरण, टेलिफोन र मोबाइल नम्बरसमेत निवेदनका साथ पेस गर्नुपर्नेछ।

एकभन्दा बढी समूहमा सूचीकृत हुने गरी आवेदन दिएमा त्यस्तो निवेदन कारबाही नहुने आयोगले स्पष्ट पारेको छ। सेवा प्रदायक फर्म वा कम्पनीलाई सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आयोगमै निहित रहने जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय