२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

गत भदौमा भएको जेनजी आन्दोलनका कारण नेपाल आउने पर्यटक घट्ने अनुमान गरिएको थियो। तर अनुमानविपरीत विदेशी पर्यटकको संख्या बढेको छ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०२४ को तुलनामा करिब ११ हजारले बढी हो। सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए।

जेनजी आन्दोलनपछिका महिनामा पर्यटक आगमन झनै बढेको बोर्डको तथ्याङ्कले देखाउँछ। अक्टोबर २०२५ मा एक लाख २८ हजार ४४३ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाभन्दा बढी हो। नोभेम्बरमा एक लाख १६ हजार ५५३ र डिसेम्बरमा ९८ हजार १९० पर्यटक नेपाल भित्रिएका छन्।

पछिल्ला केही वर्षयता नेपाल आउने पर्यटकको संख्या निरन्तर बढ्दो क्रममा छ। सन् २०२३ मा १० लाख १४ हजार ८८२ पर्यटक नेपाल आएका थिए भने सन् २०२४ मा यसमा झन्डै एक लाख ४० हजारको वृद्धि भएको थियो।

नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन्। सन् २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुई लाख ९२ हजार भारतीय पर्यटक नेपाल आएका छन्। भारतपछि अमेरिका, चीन र बङ्गलादेशका पर्यटक बढी छन्।

युरोपेली मुलुकबाट आउने पर्यटकको संख्या पनि बढेको छ। सन् २०२५ मा दुई लाख २१ हजार युरोपेली पर्यटक नेपाल आएका छन्। यसैगरी अस्ट्रेलिया र एसियाली मुलुकहरूबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक रहेको छ।

मध्यपूर्वका देशबाट नेपाल आउने पर्यटकको चासो पनि पछिल्लो समय बढ्दै गएको छ। पदयात्रा र हिमाल आरोहणप्रति आकर्षण बढेसँगै नेपाल नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको पर्यटन बोर्डको निष्कर्ष छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय