२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आशिफ साहले पार्टीको समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत जनताको भावना र पार्टीभित्र उठेका आवाजलाई सम्मान गर्दै यस्तो निर्णय गरेको बताएका छन् ।

साहले आफू सक्रिय राजनीतिमा नरहे पनि देश निर्माणप्रति सधैं चासो राख्दै आएको उल्लेख गरेका छन् । बालेन, रवि र कुलमानबीच सहकार्य सम्भव बनाउने प्रयासमा आफू नजिकबाट संलग्न भएको र सोही क्रममा साथीहरूको आग्रहमा समानुपातिक बन्द सूचीमा नाम समावेश भएको उनको भनाइ छ ।

तर उम्मेदवारी दर्तापछि आएका समाचार, जनताबाट प्राप्त प्रतिक्रिया र पार्टीभित्रका साथीहरूको भावनाले आफूलाई आत्ममन्थन गर्न बाध्य बनाएको साहले बताएका छन् । नियत सही हुँदाहुँदै पनि निर्णयमा कमजोरी भएको अनुभूति भएपछि समानुपातिक सूचीबाट पछि हट्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।

साहले समानुपातिक प्रणालीमार्फत सांसद बन्ने बाटो आफूले रोज्न नसक्ने बताउँदै देशका लागि आवश्यक योगदान जुनसुकै भूमिकामा रहेर पनि दिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले समानुपातिक सूचीमा रहेका अन्य नेताहरूलाई पनि जनताको भावना बुझ्दै एक कदम पछाडि हट्न आग्रह गरेका छन् ।

प्रत्यक्ष निर्वाचनमार्फत जनताको बीचमा उभिने निर्णय गर्दै साहले काठमाडौं–५ बाट प्रत्यक्ष चुनाव लड्न पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय