
२६ पुष २०८२, शुक्रवार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान भएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्।
कार्यक्रम बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई निर्देशन दिइएको छ। मुख्यसचिव पौडेलका अनुसार पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गर्न बोलाइएको हो।

