२९ पुष २०८२, मंगलवार
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । सुरु नहुँदै खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरेका थिए । केहीबेरमात्रै बसेको बैठकमा धनराजले भोलि बिहान ८ बजे बस्ने सूचना सुनाएका थिए ।
आजको बैठकमा पार्टीको विशेष महाधिवेशन पक्षधरका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित गएका थिएनन् ।
