२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ नामक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता वा पद हेरेर संरक्षण नगर्ने स्पष्ट पारे।

“कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन। जोसुकै होस्, सभापति होस् वा कुनै पदमा रहेको व्यक्ति, यदि भ्रष्टाचार गरेको पाइए सार्वजनिक पदमा बस्ने अधिकार हुँदैन,” उनले भने।

सभापति थापाले २०४७ सालयताका जुनसुकै पार्टीका नेतामाथि पनि भ्रष्टाचार छानबिन गरिने बताए। उनले कार्यालय केन्द्रित होइन, नागरिक केन्द्रित सेवा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

कुनै सेवा कति समयमा सम्पन्न हुन्छ भन्ने स्पष्ट समयसीमा तोक्नुपर्ने र तोकिएको समयभित्र सेवा नदिए नागरिकलाई क्षतिपूर्ति दिने व्यवस्था गरिने उनले बताए। “सार्वजनिक सेवामा एक दिनमा हुने भनिएको काम एकै दिनमा हुनुपर्छ,” उनले भने।

डिजिटल सार्वजनिक सेवा सातै दिन २४सै घण्टा उपलब्ध गराउने तथा सेवामा ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्ति दिने योजना कांग्रेसले अघि सारेको उनले जानकारी दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय