२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

हाल देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसको असरका कारण केही प्रदेशका पहाडी र हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल देखिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा छ।

आज दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु देखिनेछ। कोशी प्रदेशका हिमाली र पहाडी भू–भागसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने ती प्रदेशका पहाडी क्षेत्र र अन्य हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय