२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी नेपाली सेवाले भदौ २३ र २४ को जेन–जी आन्दोलनसँग सम्बन्धित तयार पारेको डकुमेन्ट्रीबारे तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आपत्ति जनाएका छन्।

नेपाली मिडिया नेपाल प्रेससँग पूर्व प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुवेर खापुङले अन्तर्वार्ता दिँदै उक्त सामग्रीलाई ‘मिडिया ट्रायल’को संज्ञा दिएका हुन्। काठमाडौं बाहिर रहेका उनले टेलिफोन संवादमार्फत डकुमेन्ट्रीमा प्रस्तुत गरिएका प्रहरी संवाद र कलसाइनहरू हुबहु नभएको हुन सक्ने बताए।

उनले नेपाल प्रहरीको सञ्चार प्रणाली, टावर, तथ्याङ्क अद्यावधिक र भण्डारण अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै त्यस्ता विवरण जोकसैलाई उपलब्ध नगराइने स्पष्ट पारे। तर, सरकारद्वारा गठित न्यायिक अधिकारसहितको जाँचबुझ आयोगलाई भने आवश्यक विवरण उपलब्ध गराइएको उनले स्वीकार गरे। डकुमेन्ट्रीमा आएका विवरण प्रहरीले दिएको जस्तो नलागेको उनको भनाइ थियो।

बीबीसीको डकुमेन्ट्रीबारे प्रतिक्रिया दिँदै उनले भने, “यो मिडिया ट्रायल हो। चुनावको मुखमा निकालिएको छ। विषयवस्तुभन्दा शीर्षकमा बढी खेलिएको छ।”

कलसाइनसहित सार्वजनिक भएका संवादबारे उनले ती विवरण कहाँबाट आए भन्ने प्रश्न उठाए। “पुलिसमा हुन्छ कि आयोगले दिएको हुनुपर्छ। आयोगले प्रतिवेदनको ट्रायल गरेको हुन सक्छ,” उनले भने।

कर्फ्यु लागेपछि गोली चलाउन आदेश दिएको हो कि होइन भन्ने प्रश्नमा उनले कर्फ्यु आदेश जारी भएपछि ‘आवश्यकता अनुसार गर’ भनेको स्पष्ट पारे। “गोली हान भन्नुभएको छैन। फिल्डको अवस्था हेरेर कानुनअनुसार गर्ने हो,” उनले बताए।

वाकिटाकी सेटसम्बन्धी विवरणबारे उनले त्यो प्रहरीले पठाएको विवरण नभएको दाबी गरे।

यो सामग्री निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले ल्याइएको हो कि भन्ने प्रश्नमा उनले जेन–जी र रास्वपाको पक्षमा माहोल बनाउने प्रयास जस्तो लागेको टिप्पणी गरे।

खापुङ कात्तिक २७ गते नेपाल प्रहरी सेवाबाट अनिवार्य अवकाशमा गएका थिए। त्यसपछि सरकारले उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय