धादिङ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले आफ्नो प्रतिद्वन्द्वी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार राजेन्द्र पाण्डेमाथि गम्भीर आरोप लगाएकी छिन्।
आशिका तामाङका अनुसार, पाण्डेका कार्यकर्ताले चुनावी अभियानका लागि प्रयोग गरेको गाडी फोकटपुर क्षेत्रको चारपार्टीबाट घेराबन्दी गरी धम्की दिने र गाडी कुच्याउने गरी तोडफोड गरेको बताएकी छिन ।
यसै घटनामा, गत निर्वाचनमा रास्वपाबाटै उम्मेदवार बनेका कमेडियन हिमेश पन्तले आशिका तामाङमाथि भएको हातपात प्रयास र गाडी तोडफोडको कडा निन्दा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “यो राजनीति होइन; यो गुन्डागर्दी हो।”
राजेन्द्र पाण्डेले भने यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

