२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ५ स्थित मस्ते खोलामाथि निर्मित एउटा पुल हिजो देखि सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ। सामाजिक अभियन्ता आशिका तामाङले पोस्ट गरेको भिडियोमा पुल खेतको बीचमा देखिएको र त्यहाँ कुनै बाटो नभएको भन्दै गाउँपालिका अध्यक्षलाई प्रश्न गरेको देखिन्छ ।

उनको यस भिडियोले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया जगाएको छ र मानिसहरूले यसलाई भ्रष्टाचार र मनमानीको उदाहरण भन्दै  आलोचना भएपछी यसको वास्तविकता के हो भनेर जान्न हामीले ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैसँग कुराकानी गर्यौं।

पुलको वास्तविकता के हो?

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट करिब ११ किलोमिटर दूरीमा रहेको ज्वालामुखी गाउँपालिका वडा नं. ५ को मस्ते खोलामाथि बनेको यो पुल २०७४ सालको निर्वाचनपछि निर्वाचित भएका तत्कालीन गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिनाको कार्यकालमा निर्माण भएको हो। उनले भने, “यो पुल आवश्यकता भएरै बनेको हो। वडा नं. ५ का विद्यार्थीहरू वडा नं. ७ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालय जान कठिनाइ भएपछि यो पुल बनाइएको थियो।”

ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनै

अध्यक्ष दनैले थप स्पष्ट पार्दै, “वर्षायामको बेलामा खोला तरेर आवतजावत गर्न नसक्ने भएपछि स्थानीय बासिन्दाले कृषिकर्म र आवतजावतको लागि यो पुल प्रयोग गर्दछन, अहिले खेत रोप्ने मानिसले अलि अलि बाटो मिचेको छ, तर त्यहाँ मानिस हिँड्ने बाटो अहिले पनि छ।”

उनका अनुसार पछि त्यहाँ मोटरबाटो पुगेपछि र खोलामा कल्भर्ट बनेपछि यो पुलको महत्त्व घटेको छ। “ठूलो पक्की पुल बनाउन स्रोतको अभावका कारण बनाउन सकिएन, तर त्यसबेला यो पुल महत्त्वपूर्ण थियो,” उनले भने।

गाउँपालिका अध्यक्षले आशिका तामाङको कार्यलाई प्रचारबाजीको संज्ञा दिएका छन्। उनले भने, “यस्तो सामग्री सामाजिक सञ्जालमा राख्दा गाउँपालिका र स्थानीयवासीलाई सोधेर, उनीहरूको विचार लिएर राख्न सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नुभएन।”

यसअघि पनि भएको थियो विवाद

एक वर्ष अगाडि नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले पनि यसै पुलको बारेमा आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए तर पछि वास्तविकता थाहा पाएपछि त्यो सामग्री हटाएका थिए। यसले  सामाजिक सञ्जालमा तत्काल प्रतिक्रिया दिने र पछि सत्य थाहा पाएर पछुताउने प्रवृत्ति सामान्य भएको देखाउछ ।

आशिका तामाङको फेसबुकबाट

पक्की पुल बनिसकेपछि सडक नबन्ने सामाचार धेरै आइरहन्छन्। केही वर्ष अगाडि गोरखामा पनि यस्तै घटना भएको थियो यस्ता घटनाले नेपालको स्थानीय विकास प्रक्रियाको जटिलतालाई उजागर गर्छन।

सामाजिक सञ्जालको युगमा सूचनाको सत्यता जाँच्ने र स्थानीय सन्दर्भ बुझेर मात्र कुनै विषयमा बोल्नुपर्छ , तामाङले स्थानीय सँग पनि  के कति कारण ले यस्तो हुन पुग्यो भनि स्थानीयवासीसँगको पनि भिडियो राखेको भए यसको बास्तबिक कथा जनताले बुझ्थे  तर उनले  ले जे यथास्थिती छ त्यही बिस्तृत बिर्फिङ गरिन आफ्नो ४ मिनेटको भिडियोमा स्थानीयवासी, गाउँपालिकाका पदाधिकारी र सम्बन्धित वडाका मानिसहरू स्थानीय शिक्षक, किसान र विद्यार्थीहरूको विचारहरू समावेश गरेको  भए पुलको वास्तविक उपयोगिताको बारेमा सबैले बुझ्न पाउथे र यस्तो सन्तुलित प्रस्तुतिले सामाजिक सञ्जालमा रचनात्मक बहस सुरु गराउँथ्यो ।

यो समाचार धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्षसँगको कुराकानीको आधारमा तयार गरिएको हो।

 

Sakar Koirala
साकार कोईराला
Website |  + posts

साकार कोइराला  सामाजिक, राजनीतिक तथा कानुनी विषयहरूमा कलम चलाउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय