२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

२० फागुन २०८२, बुधवार

बार्सिलोनाले एट्लेटिको मड्रिडविरुद्ध दोस्रो लेगमा ३-० को जित निकालेपनि कोपा डेल रेको फाइनल पुग्न असफल रह्यो ।समग्रमा ४–३ ले पराजित हुँदै साविक विजेता बार्सिलोना कोपा डेल रे को सेमिफाइनलबाट बाहिरिएको हो।

पहिलो लेगमा ४–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदानमा सुरुवातदेखि नै आक्रामक खेल देखायो। २९औँ मिनेटमा लामिन यामालले बायाँतर्फबाट दिएको पासमा १८ वर्षीय मार्क बर्नालले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

पहिलो हाफको इन्जुरी समयमा क्लेमाँ लेंग्लेले पेड्रीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो। पेनाल्टीलाई राफिन्हाले सहजै गोलमा परिणत गरे।

barcelona atletico madrid

खेल सकिन १८ मिनेट बाँकी हुँदा जोआओ कान्सेलोले दिएको क्रसमा बर्नालले अर्को गोल गरे। त्यसपछि बार्सिलोनाले लगातार दबाब बनाए पनि चौथो गोल गर्न सकेन। जेरार्ड मार्टिनले गरेको प्रहार बार नाघ्दै बाहिरियो।यो जितसँगै एट्लेटिको फाइनलमा पुगेको छ। अब टोलीले रियल सोसिडाड र एथलेटिक क्लबबीचको विजेतासँग खेल्नेछ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय