२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

दैलेख क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार लक्ष्मी पोखरेलले अग्रता बढाएका छन्।

आठबिस नगरपालिका, चाबी र दुल्लुका वडा नम्बर १, २, ३, १२ र १३ को मतगणना सकिँदासम्म एमालेले अग्रता कायम राखेको छ।

अहिलेसम्मको परिणाम अनुसार एमालेका लक्ष्मी पोखरेलले ८,५२० मत प्राप्त गरेका छन्।

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका दिक्पाल शाहीले ५,९५४ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपाका योगेन्द्र शाहीले २,७४९ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बखत शाहीले ३,४०२ मत ल्याएका छन्।

यसैगरी नेपाल मजदुर किसान पार्टीका बखत थापाले १,४३३ मत प्राप्त गरेका छन्। जनमोर्चाका कमल बरैमगरले ७६ मत ल्याएका छन्।

अन्य उम्मेदवारमध्ये राप्रपाकी बबिता शाहीले २५८ मत प्राप्त गर्दा नेकपाका कलम सिंहले २९९ मत ल्याएका छन्। आम जनता पार्टीका तिर्था बंशीले २५ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार हिमबहादुर शाहीले ३९ मत र लालबहादुर कठायतले २९ मत प्राप्त गरेका छन्।

मतगणना प्रक्रिया जारी रहेको छ र अन्तिम परिणाम आउन अझै बाँकी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय