२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश सिंहले थापालाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरे भने थापाले २२ हजार ८३१ मत मात्रै प्राप्त गरे। यसरी सिंहले थापालाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्। सिंह यसअघि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितिसकेका थिए। काठमाडौं–४ बाट चुनाव जित्दै आएका थापा पहिलो पटक मधेशबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।

निर्वाचन परिणाम सार्वजनिक भएपछि सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत गगन थापालाई सम्बोधन गर्दै खुल्लापत्र सार्वजनिक गरेका छन्। पत्रमा उनले आफ्नो दृष्टिकोण स्पष्ट गर्दै भनेका छन्:

“प्रिय मित्र Gagan Thapa जि, सबैभन्दा पहिला तपाईंलाई धन्यवाद दिन चाहन्छु कि तपाईंले सर्लाहीमा आएर चुनाव लडनु भो। तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरु द्वारा आयातित उम्मेदवार हुनुभयो। त्यतिमात्र हैन ती भ्रष्टहरु लाई नै म विरुद्ध मेरो निजि र परिवारिक जिवनमाथी आफुखुसी टिप्पणी गर्न लगाउनुभयो। खैर, त्यसले केही फरक त परेन, तर राजनीति भनेको सिद्धांत र एजेन्डामा हुनुपर्छ भन्ने मेरो बिश्वास छ। अब चुनावको यो तिता कुरा छोडौ। अब देश निर्माणमा रास्व्पा अगाडी बढिसक्यो। आउने दिनमा तपाईं सङ पनि विभिन्न मुद्दामा सहकार्य हुन सक्ला। अब भ्रष्टहरु लाई ठेगान लगाउने जनमत रास्व्पाले पाएको छ। तपाईपनि ती भ्रष्टहरु को साथ छोडेर स्वच्छ राजनीति गर्नुहुन्छ भन्ने पुर्ण आशा गरेको छु। तपाईं कांग्रेस परिवर्तन गर्न खोज्नु भयो तर आफू परिवर्तन हुन सक्नु भएन। तपाईंको अगामी राजनीति सफा र स्वच्छ होस भनी कामना गर्दछु।”

सिंहको यो पत्रले चुनावी प्रतिस्पर्धा भए तापनि राजनीतिक सहकार्य र स्वच्छतामाथि जोड दिने उनको दृष्टिकोण प्रष्ट देखाउँछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय