२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

समानुपातिकतर्फको मतगणनाको पछिल्लो विवरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पछि पार्दै नयाँ दल श्रम संस्कृति पार्टी अघि बढेको छ। हर्क साम्पाङ नेतृत्वको यो पार्टी थ्रेसहोल्ड कटाउन  बढिरहेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म ७९ लाख ८९ हजार ८ सय ७७ मत गणना भएको छ। गणनामा ३८ लाख ४९ हजार २ सय ८८ मतसहित  रास्वपाको  अग्रता कायम छ।

यस्तै, नेपाली कांग्रेस १३ लाख ३ हजार ९ सय ९५ मतसहित दोस्रो स्थानमा छ भने नेकपा एमाले ११ लाख ४ हजार १ सय १६ मतसहित तेस्रो स्थानमा रहेको छ।

नेपाली कम्युनिष्ट पार्टी ५ लाख ६८ हजार ५ सय १३ मतसहित चौथो स्थानमा रहेको छ।

यसअघि पाँचौँ स्थानमा रहेको राप्रपा तल झर्दा यो निर्वाचनमा उदाएको नयाँ दल श्रम संस्कृति पार्टी पाँचौँ स्थानमा उक्लिएको छ। हर्क साम्पाङ नेतृत्वको पार्टीले २ लाख ७३ हजार ६ मत प्राप्त गर्दै पाँचौँ स्थानमा पुगेको हो।

श्रम संस्कृति पार्टीलाई पछ्याइरहेको राप्रपाले २ लाख ६८ हजार ५ सय ७५ मत प्राप्त गरेको छ।

यस्तै, जसपा नेपालले १ लाख १७ हजार ७ सय २४ मत प्राप्त गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय