२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

भरतपुर महानगरपालिका को मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर संकलन बन्द गर्ने निर्णय गरिएको छ।

आज बसेको जिल्ला यातायात व्यवस्थापन समिति को बैठकले महानगरले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क)नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र संकलन गर्ने व्यवस्था गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा का अनुसार जिल्लाको यातायात व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न बैठकले यातायात व्यवसायीहरूलाई आफ्नो सवारीसाधन बसपार्कमा पार्किङ गरी नियमानुसार राजस्व बुझाउन निर्देशन दिएको छ।

बैठकले महानगर क्षेत्रभित्र रहेका विभिन्न यातायात व्यवसायी संस्थाका टिकट काउण्टर ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्नुपर्ने र बसपार्क बाहेक अन्य स्थानबाट टिकट काट्न नपाइने स्पष्ट पारेको उनले बताए।

यसैगरी नारायणगढ बजार क्षेत्रभित्र मुख्य सडकमा हुने अव्यवस्थित पार्किङ तुरुन्त बन्द गर्न पनि निर्णय गरिएको छ। पुल्चोकलगायत बजार क्षेत्रका पेट्रोल पम्पमा पेट्रोल हाल्ने बहानामा अनावश्यक पार्किङ गरी यात्रु चढाउने कार्य नगर्नसमेत निर्देशन दिइएको छ।

यसअघि बसेको बैठकले भरतपुर महानगरको यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ व्यवस्थापन, टिकट काउण्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी विभिन्न निर्णय गरेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी शर्मा का अनुसार ती सबै निर्णय कडाइका साथ कार्यान्वयन गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय