२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

तत्कालीन नेकपा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दाको आज सुनुवाइ थियो जुन हेर्दा हेर्दामै राखिएको छ।

न्यायाधीश सपना मल्ल प्रधान, सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो। यसअघि माघ २२ गते पनि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

माओवादीका पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धका क्रममा आफूहरूलाई बालसैनिकका रूपमा भर्ती गरी पछि अयोग्य लडाकुको बिल्ला भिराएर शिविरबाट निकालिएको भन्दै युद्ध अपराध भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

विष्टले सशस्त्र द्वन्द्वका समयमा आफूहरूलाई बालसेनाका रूपमा प्रयोग गरिएको र पछि बेवास्ता गरिएको आरोप लगाउँदै न्यायको माग गरेका छन्। रिटमा माओवादीका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई विपक्षी बनाइएको छ।

रिट निवेदकले तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले बालसैनिकका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछि पनि साढे १६ वर्षसम्म न्याय नदिएको जिकिर गरेका छन्। उनीहरूले आफूहरूलाई बालसेनाको पहिचान दिनुका साथै परिपूरण, क्षतिपूर्ति र न्यायसम्बन्धी आवश्यक कामकारबाही गर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

यसअघि रिट दर्ता गर्न खोज्दा सर्वोच्च अदालत प्रशासनले जेठ १६ गते दरपिठ गरेको थियो। सो दरपिठविरुद्ध जेठ १८ गते दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दरपिठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो। त्यसपछि विष्टले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय