२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा विकलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौँ र सुर्खेतमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

इनिशा विक हत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्। इनिशालाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बागबजारदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन गरेको छ।

उता, इनिशा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक र कर्मचारीहरूले पनि सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्।

विद्यालय पोशाकमै रहेका विद्यार्थीहरूले केही समय जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नाराबाजी समेत गरेका थिए।

फागुन २३ गते इनिशा सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।

अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेर घटनाबारे थप अनुसन्धान थालेको छ।

घटनाको एक सातासम्म पनि इनिशाको शव आफन्तले बुझ्न मानेका छैनन्। हाल उनको शव कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई कारबाही हुने विश्वस्त वातावरण नभएसम्म शव नबुझ्ने अडान आफन्तले लिएका छन्। रोजगारीका लागि दुबईमा रहेका इनिशाका बुवा छोरीको हत्या भएको खबर पाएपछि दुबईबाट भारत हुँदै सुर्खेत पुगेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय