२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये पार्टीले प्राप्त गरेको सिट संख्याका आधारमा निर्वाचन आयोगमा पठाइने प्रतिनिधिसभा सदस्य छनोटसम्बन्धी प्रस्तावमाथि छलफल तथा निर्णय हुने जनाइएको छ।

पार्टीले प्राप्त गरेको समानुपातिक सिटअनुसार प्रतिनिधिसभा सदस्यको नाम टुंग्याएर निर्वाचन आयोगमा सिफारिस गर्ने तयारीका लागि बैठक बोलाइएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय