२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले सचिवालय बैठक जारी आगामी रणनीतिमा केन्द्रित छलफल | भदौ २३–२४ घटनाको छानबिन अघि बढ्दै रिजालसहित उच्च पदाधिकारीमाथि कारबाही सिफारिस | ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? |

भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय ‘एनएक्सटी २०२६’ सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एउटै मञ्चमा देखिएका छन्।

उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वभरका राजनीतिक नेता, विज्ञ र चिन्तकहरू सहभागी भएर प्रविधि, शासन व्यवस्था र समाजको भविष्यबारे छलफल गरेका थिए।

सम्मेलनबाट नेपाल फर्किएपछि भट्टराईले आफ्नो अनुभव फेसबुकमार्फत साझा गरेका छन्। उनले सम्मेलनले आगामी वर्षहरूमा कृत्रिम बुद्धिमत्ताले समाज र राज्यमा पार्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावबारे विज्ञहरूबाट सिक्ने महत्वपूर्ण अवसर दिएको उल्लेख गरेका छन्।

भट्टराईले सम्मेलनलाई नेपालका पछिल्ला घटनाक्रम अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने ‘सुनौलो अवसर’ पनि भएको बताएका छन्। उनले विशेषगरी जेन–जेड आन्दोलन र पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि देखिएको राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने मौका पाएको उल्लेख गरेका छन्।

यसबीच सम्मेलनमा मोदी र भट्टराई एउटै मञ्चमा देखिएको तस्बिर नेपालका सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न चर्चा र अड्कलबाजीहरू पनि सुरु भएका छन्।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो चुनावी जित र सम्भावित सरकार परिवर्तनबारे चर्चा चलिरहेका बेला यो तस्बिरले थप राजनीतिक बहस जन्माएको देखिन्छ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भट्टराई नेपालका सम्भावित राष्ट्रपतिका रूपमा आउन सक्ने अनुमानसमेत गरेका छन्। तर, यस्तो विषयमा कुनै आधिकारिक छलफल वा पुष्टि भने भएको छैन।

यसैबीच सम्मेलनमा मोदी र भट्टराई एउटै मञ्चमा देखिए पनि दुई नेताबीच व्यक्तिगत भेटघाट वा औपचारिक कुराकानी भएको पुष्टि भने भएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय