२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन |

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन्। उनी भारतको नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुन जान लागेका हुन्।

नयाँदिल्लीस्थित भारत मण्डपममा आगामी मार्च १२, १३ र १४ मा आयोजना हुने उक्त सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार विश्वभरका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायत समसामयिक विषयमा छलफल हुनेछ।

सम्मेलनमा नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको सहभागिता रहने यस सम्मेलनलाई वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको आयोजकले जनाएको छ।

सम्मेलनअन्तर्गत मार्च १४ बिहान १०:०५ बजे हुने “Democracy in the Age of AI: Digital Governance & The Youth” शीर्षकको सत्रमा भट्टराईले ‘गेस्ट अफ अनर एड्रेस’ दिने कार्यक्रम छ। उक्त सत्रमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे उनले विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

भट्टराई फागुन ३० मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय