२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

बेनी हाइड्रोपावर प्रोजेक्टले आज (आइतबार)देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

त्यसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिनेछ।

सोमध्ये ५ लाख २० हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दामा बाँडफाँट गरिनेछ। त्यस्तै ३ लाख १२ हजार कित्ता सेयर सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५, ६, ७ र ११ का स्थायी बासिन्दा र २ लाख ८ हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दामा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरिनेछ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय