२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २६ दशमलव ०७ अंकले ओरालो लागेर २७९८ दशमलव ८३ को बिन्दुमा कायम भएको छ, जुन शून्य दशमलव ९२ प्रतिशतको गिरावट हो।

आज ३४५ कम्पनीका ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर १ लाख २ हजार ७५९ पटक खरिदबिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव २५ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ। बैंकिङ १ दशमलव ६१, विकास बैंक ० दशमलव ८४, वित्त ० दशमलव ७१, होटल तथा पर्यटन ० दशमलव २६, जलविद्युत् ० दशमलव ६१, लगानी १ दशमलव ५२ र जीवन बिमा ० दशमलव ९४ प्रतिशतले घटेको छ।

लघुवित्त ० दशमलव ९५, म्युचुअल फन्ड ० दशमलव ४६, निर्जीवन बिमा ० दशमलव ४५, व्यापार १ दशमलव ०९ र अन्य समूह १ दशमलव ०९ प्रतिशतले घटेको छ।

सलपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इक्विटी फन्डको शेयर मूल्य ४ दशमलव ३९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका ६८ करोड ७७ लाख २४ हजार ७६१ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडका २२ लाख ७२ हजार २४५ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय