२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले मुलुक परिवर्तन अपरिहार्य रहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ओखलढुंगाको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले मुलुकलाई यथास्थितिमा राख्न नसकिने र परिवर्तन आवश्यक रहेको बताएका हुन्।

उनले मुलुक परिवर्तन गराएरै छाड्ने अठोटका साथ गरिएको मेहनत र परिश्रमले आफूहरूलाई विजयको घडीमा पुर्‍याएको उल्लेख गरे।

पोखरेलले यो जित आफूहरू मात्र नभई सम्पूर्ण जनता र ओखलढुंगावासीहरूको भएको बताए।

उनले भने, “हामीले यो मुलुकलाई परिवर्तन गर्नुपर्छ, यथास्थितिमा राख्न सकिन्न। यो मुलुकको आवश्यकता हो, नागरिकहरूको चाहना र युवाहरूको भविष्यसँग जोडिएको विषय हो। त्यसैले परिवर्तनको अठोटका साथ गरेको प्रयासले आज हामीलाई यहाँसम्म ल्याएको हो।”

पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको विश्वास बढ्दै गएको पनि उल्लेख गरे।

उनका अनुसार रास्वपा यस्तो पार्टीको रूपमा उदाएको छ, जसले नेपाली जनताको भविष्य र मुलुकको दिशालाई सही मार्गमा अघि बढाउन सक्छ भन्ने विश्वास सिर्जना गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय