२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा नगरपालिका–१ मनहर्वाकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चौधरी चन्द्रपुर नगरपालिका–८ वसन्तपुरस्थित आफ्नी छोरीज्वाइँ लालबिहारी चौधरीको घरमा बस्दै आएकी थिइन्।

आइतबार दिउँसो करिब १२ बजे मोटर जडित धाराबाट पानी भर्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि चपुरस्थित अस्पताल लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रूपेशकुमार झाको नेतृत्वमा टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।

शव परीक्षणका लागि सरकारी अस्पताल चपुर पठाइएको र पोष्टमार्टमपछि परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।

यस घटनापछि प्रहरीले घरायसी विद्युतीय उपकरण तथा पानीसँग सम्बन्धित संरचनामा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

पछिल्लो समय जिल्लामा करेन्ट लाग्ने घटनामा वृद्धि देखिएकाले विद्युत् सुरक्षामा सचेतना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय