२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारमाथि हुने सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्। उनले अमेरिका र इरानबीच पछिल्ला ४८ घण्टामा भएको कूटनीतिक वार्ता ‘गहिरो, विस्तृत र सकारात्मक’ भएको उल्लेख गरेका छन्।

सोमबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले पाँच दिनसम्म सबै प्रकारका सैन्य आक्रमण रोक्न रक्षा विभागलाई निर्देशन दिएको जानकारी दिएका हुन्। उनले जारी वार्ता सफल भएमा दीर्घकालीन समाधानतर्फ अघि बढ्न सकिने बताएका छन्।

ट्रम्पले लेखेका छन्, “मैले रक्षा विभागलाई इरानका विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारमाथि हुने सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु। यो निर्णय जारी वार्ता र छलफलको सफलतामा निर्भर हुनेछ।”

उनले अमेरिका इरानसँग सम्झौतामा पुग्न दृढ रहेको पनि बताएका छन्। साथै, इरानका उच्च तहका व्यक्तिसँग संवाद भइरहेको तर सर्वोच्च नेतासँग भने नभएको उल्लेख गरेका छन्। उनका अनुसार वार्तामा ‘महत्वपूर्ण सहमति बिन्दुहरू’ देखिन थालेका छन् र इरानले आफ्नो समृद्ध युरेनियम भण्डार त्याग्नुपर्ने माग राखिएको छ।

तर इरानी सञ्चारमाध्यमहरूले भने ट्रम्पसँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता नभएको दाबी गरेका छन्।

ट्रम्पको यो निर्णयले केही दिनअघिको उनको कडा चेतावनीबाट ठूलो परिवर्तन देखाएको छ। यसअघि उनले इरानले हर्मुज नहर पूर्ण रूपमा नखोलेमा ऊर्जा प्रणाली ध्वस्त पार्ने धम्की दिएका थिए।

त्यसको प्रतिक्रिया स्वरूप इरानले पनि आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमण भए पश्चिम एसियाभर ऊर्जा संरचनामा प्रतिकारात्मक हमला गर्ने चेतावनी दिएको थियो। साथै, उसले अमेरिकाका सहयोगी देशहरूतर्फ मिसाइल र ड्रोन आक्रमण जारी राखेको थियो।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भने इरान युद्धविरामको पक्षमा नरहेको स्पष्ट पारेका थिए। उनले भनेका थिए, “हामी युद्धविराम चाहँदैनौँ, किनकि केही समयपछि फेरि यस्तै अवस्था दोहोरिन सक्छ।”

हाल यो द्वन्द्व चौथो सातामा प्रवेश गरिसकेको छ। यसले गल्फ क्षेत्रका उडानहरू प्रभावित पारेको छ भने अन्तर्राष्ट्रिय ढुवानी प्रणालीमा अवरोध सिर्जना गरेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले समेत वर्तमान अवस्थाले विश्व अर्थतन्त्रमा ‘ठूलो जोखिम’ उत्पन्न गरेको चेतावनी दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय