२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा प्रमुख स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमनको नेतृत्वमा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्।

लामो समयको प्रतीक्षापछि गरिएको शल्यक्रिया सफल भएको बताउँदै उनले अब पुनर्स्थापनाको चरण सुरु हुने उल्लेख गरेकी छन्। उनका अनुसार भोलिदेखि चिकित्सकको निगरानीमा रिह्याब सुरु हुनेछ भने अवस्था सुधार हुँदै गएपछि एस्पेटारमा थप पुनर्स्थापनाको योजना रहेको छ।

कतार पुग्न खाडी क्षेत्रको वर्तमान असहज परिस्थितिका कारण कठिनाइ भएपछि विशेषज्ञको सल्लाहअनुसार न्युजिल्यान्डमै शल्यक्रिया गरिएको उनले प्रस्ट पारेकी छन्।

यस कठिन समयमा सहयोग गर्ने वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति उनले कृतज्ञता व्यक्त गरेकी छन्। साथै आफ्नो क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टोलीले शल्यक्रियाको व्यवस्थापनमा गरेको सहयोगप्रति पनि धन्यवाद दिएकी छन्।

समर्थकहरूबाट प्राप्त माया र साथले आफूलाई थप ऊर्जा दिएको बताउँदै साम्बाले अब पूर्ण रूपमा निको भएर मैदानमा फर्किने लक्ष्यमा केन्द्रित हुने जनाएकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय