२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बिहान ११ बजेदेखि सुरु हुने तय गरिएको छ।

मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले पुरानै एजेन्डामाथि आफ्नो धारणा राखिरहेका छन्। हिजो सभापति गगनकुमार थापाले भदौ २४ देखि २६ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए। सो प्रस्तावपछि सदस्यहरूबीच धारणा राख्ने क्रम जारी रहेको छ।

बैठकमा समसामयिक राजनीतिक विषय, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, साथै केन्द्रीय निर्वाचन समिति गठनका विषयमा पनि छलफल हुने बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय