
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउने भएका छन्। शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजेका लागि तय गरिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यहरूमध्ये केसी ज्येष्ठ सदस्य हुन्। उक्त निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधिसभामा निर्वाचित भएका छन्। केसी नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।
यसैबीच, ज्येष्ठ सदस्यको हैसियतमा केसीले प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरूलाई चैत १२ गते पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
