२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

जेनजी आन्दोलनको क्रममा रास्वपा सभापति रवि लामिछाने कारागारबाट बाहिरिनुमा असामान्य परिस्थितिको प्रतिवेदन जाँचबुझ आयोगले सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार रवि लामिछाने र नख्खु कारागारका जेलर सत्यराम जोशीले फरक–फरक तरिकाले घटनाको विवरण दिएका छन्।

रवि लामिछानेको बयान

  • लामिछानेले अदालतको आदेशबिना कारागारबाट बाहिरिन अस्वीकार गर्दा पनि कारागार प्रशासनले नै उनलाई बाहिर पठाएको बताएका छन्।
  • उनले आयोगलाई भने, “कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भीडले मलाई कारागार बाहिर लगे। पत्रमा हस्ताक्षर वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन। त्यसैले जेल प्रशासन स्वयं जबाफदेही हुनुपर्छ।”
  • मिति भदौ २४ को घटनामा भीडले उनलाई कारागार प्राङ्गणमै रहेर सम्बोधन गर्न बाध्य पारेको, त्यसपछि रेस्टुरेन्टको बार्दलीमा चढेर भीडलाई शान्ति र संयमता अपनाउन अपिल गरेको जानकारी उनले दिएका छन्।
  • कारागारबाट बाहिरिएपछि उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई आफ्ना अवस्था बारे जानकारी दिएका थिए।
  • लामिछानेले सुझाव दिएका छन् कि कारागार सुधार, कैदीबन्दीको मानसिक स्वास्थ्य, कानूनी परामर्श प्रणाली सुदृढीकरण, र कैदी पुनर्समीक्षा संयन्त्र आवश्यक छ।

नख्खु कारागारका जेलर सत्यराम जोशीको बयान

  • जोशीले भने, भीडको आक्रमण र त्रासको परिस्थितिमा एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य भएको बताएका छन्।
  • उनले जानकारी दिए, “भीडले मलाई अत्यधिक डरधम्की दिई जीवन–मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो। पत्रबारे पूर्व जानकारी थिएन र यसले कुनै वैधानिक हैसियत पाउँदैन।”
  • मिति भदौ २४, हजारौं प्रदर्शनकारीहरूले “रवि लामिछानेलाई छोड” भन्ने नारासहित कारागारको मुख्य गेटमा आक्रमण सुरु गरेका थिए।
  • जोशीले अन्य कैदीहरूको सुरक्षालाई ध्यानमा राख्दै लामिछानेलाई मनोसामाजिक अपाङ्ग वन्दी अस्पतालमा सार्न निर्णय गरेका थिए।
  • लामिछानेले माइक मागेर भीडलाई सम्बोधन गर्ने प्रयास गरे, तर भीडले जबर्जस्ती कारागारबाट बाहिर लग्यो।
  • कारागार प्रशासन र सुरक्षाकर्मीहरू भीड नियन्त्रण गर्न असमर्थ रहे, प्रहरी तथा सशस्त्र प्रहरीले पछि पछाडि हट्न बाध्य भए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय