२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकपछि संसदीय दलको बैठक बस्ने र त्यसमार्फत संसदीय दलको नेता चयन गरिने तयारी गरिएको छ।

रास्वपाले संसदीय दलको नेता छनोटसँगै विविध एजेण्डाहरूमा पनि छलफल गर्ने जनाएको छ।

आजै नवनिर्वाचित सांसदहरूले संसद भवन, सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक आयोजना गर्न लागेको हो। सोही बैठकबाट **बालेन्द्र साह (बालेन)**लाई संसदीय दलको नेतामा चयन गर्ने तयारी रहेको बताइएको छ।

संसदीय दलको नेता चयन भएपछि पार्टीले राष्ट्रपतिसमक्ष संविधानको धारा ७१ (१) बमोजिम गठन हुने सरकारका लागि प्रधानमन्त्रीको नाम पठाउने योजना बनाएको छ।

यसैबीच, आज संसदीय दलको नेता चयन भएलगत्तै भोलि शुक्रबार बालेनले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने तयारी समेत गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय