२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर काठमाडौं आइपुगेका ३७ नेपाली नागरिकलाई प्रहरीले सामान्य सोधपुछपछि घर पठाएको छ । आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३२ पुरुष र ५ महिला ओम्नि एयर इन्टरनेशनलको चार्टर्ड विमानमार्फत नेपाल आइपुगेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूमध्ये पाँच महिलासहित ३५ जना अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए । बाँकी दुईजना भने वैधानिक रूपमा गएका थिए । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, एसपी नरेन्द्र कुँवरका अनुसार तीमध्ये एक जना डीभी परेर गएका थिए भने अर्का एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका थिए । उनीहरू पनि निष्कासनमा परेका हुन् ।

डिपोर्ट भएका यी व्यक्तिहरू एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर नेपाल आएका हुन् । उनीहरूमध्ये एक जनासँग मात्र नेपाली राहदानी फेला परेको छ भने बाँकी सबैजना अमेरिकी अध्यागमन कार्यालयद्वारा जारी ‘ट्राभल डकुमेन्ट’ सहित फर्किएका छन् ।

सन् २०२२ देखि २०२५ को मार्चसम्म विभिन्न समयमा अमेरिका प्रवेश गरेका केही व्यक्तिहरू यसपटक फर्किएका हुन् । उनीहरूले आफ्नो लगेज बोरामा लिएर फर्किएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले बताएका छन् ।

प्रहरीका अनुसार उनीहरू विभिन्न बाटो हुँदै पनामाको जङ्गल पार गर्दै मेक्सिकोको सिमाना काटेर अमेरिका प्रवेश गरेका थिए । अमेरिका पुगेपछि उनीहरू धेरैजना ‘शरणार्थी’ मान्यता पाउने प्रयासमा थिए, तर मान्यता नपाउँदै निष्कासनमा परेका हुन् । लामो समयदेखि अमेरिकी अध्यागमन र कस्टम इन्फोर्समेन्टको थुनामा रहेपछि उनीहरूलाई फिर्ता पठाइएको हो ।

बिचौलियामार्फत अमेरिका पुगेका यी व्यक्तिहरूले करिब ८० लाख रुपैयाँसम्म खर्च भएको बताएका छन् ।मानव तस्करीमा संलग्न गिरोहको बारेमा भने उनीहरूले प्रहरीलाई स्पष्ट जानकारी दिएका छैनन् ।

फर्किनेहरूमध्ये धेरैजना दाङ, पूर्वी रुकुम र पश्चिम रुकुमका हुन् । साथै, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ र म्याग्दीका केही व्यक्ति पनि फर्किएका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि हालसम्म उनीहरू सहित कूल १७७ जना नेपाली डिपोर्ट भएको तथ्यांकमा उल्लेख छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय