२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा एमालेले सरकार गठनलगत्तै धरपकड र प्रतिशोधको नीति अपनाएको आरोप लगाउँदै सबै राजनीतिक दल, नागरिक समाज तथा संघसंस्थालाई एकताबद्ध भएर प्रतिवादमा उत्रिन अपिल गरेको छ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले सरकारको पछिल्लो कदमलाई ‘राज्य आतंक’ को संज्ञा दिँदै संयुक्त प्रतिरोध आवश्यक रहेको निष्कर्ष निकालेको हो।

बैठकपछि महासचिव शंकर पोखरेलले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै संविधान, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा उत्पन्न भएको दाबी गरे। उनले भने, “सरकार गठनलगत्तै प्रतिशोधको राजनीति देखिएको छ। धरपकड र राज्य आतंकले यही संकेत गर्छ। यसका विरुद्ध एकताबद्ध प्रतिवाद आवश्यक छ।”

उनले एमालेले प्रारम्भमा सन्देश दिने उद्देश्यले सीमित कार्यक्रम गरेको भए पनि अब व्यापक जनसहभागितासहित विरोध कार्यक्रम गर्ने तयारी गरेको बताए। “अब ठूलो संख्यामा जनताको उपस्थितिमा विरोध र प्रदर्शन अघि बढाइनेछ,” उनले भने।

पोखरेलले बलियो जनमत प्राप्त गरे पनि सरकारले निरंकुश शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाउँदै त्यसप्रति पार्टीको गम्भीर आपत्ति रहेको उल्लेख गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय