२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्ट अध्यागमन विभागको कालोसूचीमा परेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाउँदै भट्टको पासपोर्ट रोक्का गर्न निर्देशन दिएको हो। यस निर्णयसँगै उनी विदेश जान नपाउने भएका छन् भने विदेशमा रहेको अवस्थामा नेपाल फर्किए पक्राउ पर्ने सम्भावना रहेको छ।

भट्टमाथि विभिन्न ठूला ठेक्का तथा खरिद प्रक्रियामा चलखेल गरेको आरोप लाग्दै आएको छ। राजनीतिक पहुँचको प्रयोग गरी राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको मिलेमतो गर्ने र आफ्ना स्वार्थअनुसार काम गराउने गरेको आरोप पनि उनीमाथि रहेको छ।

हाल भट्ट सम्पर्कविहीन रहेको जनाइएको छ। अनुसन्धान अघि बढिरहेका बेला उनी कुनै पनि समयमा पक्राउ पर्न सक्ने प्रहरी स्रोतले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय