२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्ना लामो समयदेखि नजिकका सहकर्मी सुरेन्द्र बजगाईंलाई प्रेस संयोजकमा नियुक्त गरेका छन्।

नयाँ जिम्मेवारीअनुसार बजगाईंले प्रधानमन्त्रीको सञ्चार समन्वय र मिडिया व्यवस्थापनको काम गर्नेछन्। स्रोतका अनुसार उनलाई शाखा अधिकृतसरहको सुविधा दिइनेछ।

सुरेन्द्र बजगाईं बालेन शाहको टोलीका लागि नयाँ नाम भने होइनन्। उनी विगत केही वर्षदेखि बालेनसँग नजिक रहेर काम गर्दै आएका छन्। बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि बजगाईंले प्रेस संयोजकका रूपमा काम गरेका थिए र मिडियासँगको समन्वय सम्हालेका थिए।

त्यसअघि उनी बालेनको चुनावी अभियानमा पनि सक्रिय रूपमा संलग्न थिए। विशेषगरी झापा क्षेत्र नम्बर ५ मा उनले अभियानसँग सम्बन्धित कामहरू गरेका थिए।

पेशागत रूपमा बजगाईं पत्रकारिता पृष्ठभूमिबाट आएका व्यक्ति हुन्। उनले नेपाल लाइभ, नेपालवाच र उकेरा जस्ता विभिन्न सञ्चारमाध्यममा रिपोर्टरका रूपमा काम गरिसकेका छन्। समाचार लेखन र फिल्ड रिपोर्टिङमा उनको अनुभव रहेको छ।

यसअघि उनी काठमाडौं महानगरपालिका कार्यालयमा मिडिया फ्यासिलिटेटर तथा एसोसिएट एक्सपर्टका रूपमा पनि कार्यरत थिए।

ललितपुरका स्थायी बासिन्दा बजगाईंलाई बालेन शाहको नजिकको र विश्वासिलो टोली सदस्यका रूपमा चिनिन्छ।

यो नियुक्तिसँगै प्रधानमन्त्री शाहले फेरि एकपटक आफ्नै विश्वासिलो घेराबाट व्यक्ति चयन गर्दै काम गर्ने आफ्नो शैलीलाई निरन्तरता दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय