२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पोखरामा अवैध रूपमा आयोजना गरिएको ‘ट्रान्स पार्टी’मा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगल नजिक रहेको एकान्त घरमा नेपाली र विदेशी नागरिकको सहभागितामा रात्रीकालीन पार्टी भइरहेको सूचनापछि प्रहरीले छापा मारेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीका अनुसार मंगलबार राति गरिएको उक्त अपरेशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले उक्त पार्टीमा लागूऔषध प्रयोग र बिक्री भइरहेको जानकारी पाएपछि वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराईको नेतृत्वमा टोली परिचालन गरेको थियो।

कार्कीका अनुसार पक्राउ परेकामध्ये आठ जनासँग लागूऔषध बरामद भएको छ। लागूऔषधसहित पक्राउ पर्नेमा एक जना इजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिक रहेका छन्।

प्रहरीले उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ र सोहीअनुसार मुद्दा दर्ता प्रक्रिया सुरु गरिएको जनाएको छ।

त्यसैगरी अन्य पक्राउ परेकाहरूको हकमा विगतको आपराधिक पृष्ठभूमि समेत जाँच भइरहेको प्रहरीले जनाएको छ। सो आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय