२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आयोजित प्रदर्शनमा सहभागी अमिशा पराजुली आफूविरुद्ध भएको चरित्रहत्या र साइबर दुर्व्यवहारको उजुरी दिन साइबर ब्यूरो पुगेकी छन्।

पराजुली आमा, दिदीलगायत परिवारका सदस्यसँगै आज साइबर ब्यूरो पुगेकी हुन्।

ओलीको पक्राउविरुद्ध नेकपा एमालेले आयोजना गरेको प्रदर्शनमा सहभागी भएपछि पराजुली सामाजिक सञ्जालमा लक्षित आक्रमणको सिकार बनेकी छन्।

उनीमाथि सामाजिक सञ्जालमार्फत यौनहिंसाको धम्की दिइएको छ भने अश्लील शब्द प्रयोग गर्दै चरित्रहत्या गर्ने गतिविधि भइरहेको बताइएको छ।

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने र यौनहिंसाको धम्की दिने व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न पराजुलीले माग गरेकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय