२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नयाँ संसदबाट नयाँ अपेक्षा: सुशासनदेखि रोजगारीसम्म जनताको संसदमा नजर | सुनचाँदीको भाउ ओरालो कतिमा झर्यो आजको मुल्य? | हनुमान जयन्तीको अवसरमा गृहमन्त्रीको पशुपतिनाथ भ्रमण | संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री |

प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा संविधानअनुसार आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक र जनशक्ति व्यवस्थापनको तयारी पूरा भइसकेको छ। राष्ट्रियसभाको बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमै बस्नेछ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको थियो।

आजको प्रतिनिधिसभा बैठकमा तीन वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ। गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ प्रस्तुत गर्ने सम्भावना रहेको छ।

बैठक सुरु हुनु अघि सभाका ज्येष्ठ सदस्य तथा सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

त्यसैगरी, प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि नियमावली २०७९ अनुसार कामकारबाही सञ्चालन गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिनेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सदस्यहरूको मनोनयन गर्ने, साथै दलगत आधारमा सदस्यहरूले मन्तव्य राख्ने कार्यक्रम पनि तय गरिएको छ।

यसै बैठकमा सभामुखले नियमावलीअनुसार सभामुख पदको निर्वाचनका लागि मिति तोक्नेछन्।

बैठकको अन्त्यमा संविधानसभा तथा पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय