२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संसदीय दलको नेता चयनसँग सम्बन्धित विषयलाई लिएर नेतृत्व र नेताहरूबारे आवेगात्मक टिप्पणी नगर्न पार्टी पङ्क्तिलाई अपिल गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी पदलोलुपता वा व्यक्तिगत महत्त्वाकाङ्क्षाबाट प्रेरित नभई पार्टीभित्र नयाँ ऊर्जा र गतिशीलता ल्याउने उद्देश्यका साथ आएको स्पष्ट पारेका छन् । सांसद नेम्वाङले पार्टीका मार्गदर्शक सिद्धान्त तथा ऐतिहासिक मूल्य–मान्यताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै अग्रजहरूको अनुभव र युवाहरूको ऊर्जा नै पार्टी निर्माणको मुख्य आधार भएको बताएका छन् ।

पार्टी अहिले असाधारण संकट र चौतर्फी घेराबन्दीमा रहेको उल्लेख गर्दै उनले कार्यकर्तामा देखिएको निराशा हटाउन आफूले पहल गरेको दाबी गरेका छन् । आफ्नो उम्मेदवारीलाई उनले पार्टी र आन्दोलनका लागि ‘कालकूट विष’ पिएको रूपमा व्याख्या गरेका छन् ।

साथै, उनले सामाजिक सञ्जालमा नेतृत्व वा अन्य नेताहरूविरुद्ध नकारात्मक टिप्पणी नगर्न समर्थक तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउने प्रयासले कसैलाई कमजोर बनाउन नहुनेमा उनको जोड रहेको छ । आफ्ना धारणा आन्तरिक कमिटीमै छलफल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

यसैबीच, दलको नेतामा निर्वाचित रामबहादुर थापा ‘बादल’ लाई उनले बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय