२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

नेकपा एमालेको आकस्मिक बैठकले विभिन्न समसामयिक विषयमा केन्द्रित हुँदै ६ वटा निर्णय सार्वजनिक गरेको छ।

च्यासलमा बसेको बैठकले संसदीय दलको नेता चयनको विषयमा भइरहेको आलोचनाप्रति स्पष्ट पार्दै उक्त प्रक्रियामा पार्टीको कुनै हस्तक्षेप नरहेको जनाएको छ।

त्यसैगरी, नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा व्यक्त गरेको विवादास्पद अभिव्यक्तिलाई पार्टीले सच्याएको जनाएको छ।

बैठकले प्रतिनिधिसभा निर्वाचनमार्फत अभिव्यक्त जनमतलाई सम्मान गर्ने औपचारिक निर्णय गरेको छ। साथै, वालेन्द्र शाह नेतृत्वको सरकार, निर्वाचनमा सहभागी मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी तथा नागरिक समाजप्रति धन्यवाद व्यक्त गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

सचिवालय बैठकले पार्टी कार्यकर्ता तथा समर्थक, विशेषगरी महिलाविरुद्ध भइरहेका साइबर आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता आक्रमणको प्रतिवाद गर्न र कानुनी प्रक्रियामा सक्रिय हुन पार्टी पङ्क्तिलाई आह्वान गरिएको छ। साथै, संलग्न व्यक्तिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

यसैगरी, विद्यार्थी संगठन खारेजी तथा प्रतिबन्धको निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरिएको छ। निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयले प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने ठहर पनि एमालेले गरेको छ।

बैठकले पश्चिम एसियामा जारी हिंसाका कारण ठूलो संख्यामा नेपाली असुरक्षित भएको उल्लेख गर्दै स्वदेश फर्कन चाहने नागरिकको सुरक्षित उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय