२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन गएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुर प्रहरीले १८ वर्षीय बिराज विकलाई पक्राउ गरेको जानकारी दिएको हो। उनी अर्कै व्यक्तिको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिन पुगेका थिए।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१० स्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेका बेला विकलाई नियन्त्रणमा लिइएको हो।

सिन्धुली मरिन गाउँपालिका–४ घर भई हाल हेटौँडा–४ बस्दै आएका विकले हेटौँडा–१२ पदमपोखरीका १९ वर्षीय अंकिश श्रेष्ठको प्रवेशपत्र प्रयोग गरेका थिए। सोही प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर उनी परीक्षा दिन गएका थिए।

सूचना प्राप्त भएपछि प्रहरीले विकलाई पक्राउ गरेको जनाएको छ। साथै, प्रवेशपत्र उपलब्ध गराउने अंकिश श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ।

दुवै जनामाथि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय