२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सुरु गर्ने भएको छ।

आयोगको चैत १८ गते बसेको बैठकले उक्त कार्यक्रम पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकले सो नम्बरमा आधारित विवरण प्रविष्ट गरी अनलाइनमार्फत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

त्यस्तै, राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणाली प्रयोग गरी अनलाइन फाराम भर्नुपर्नेछ। सो क्रममा फोटो र औँठाछापसहित जैविक विवरणसमेत प्रविष्ट गर्नुपर्ने व्यवस्था रहेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्न प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत पनि सेवा उपलब्ध हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय