२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नरहेको राष्ट्रिय सभामा पुराना राजनीतिक दलबीच पदाधिकारीको भागबण्डा मिलाइएको छ।

सहमति अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एमालेले पाएको छ। उक्त पदका लागि एमालेले लिला भण्डारीलाई उम्मेदवार बनाएको छ।

यस्तै, नेपाली कांग्रेसले विधायन व्यवस्थापन समिति र विकास तथा आर्थिक मामिला समितिको सभापति पद प्राप्त गरेको छ। नेकपाले संघीयता सबलीकरण समितिको नेतृत्व पाएको छ भने जनता समाजवादी पार्टी (जसपा)ले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति पाउने सहमति भएको छ।

उपाध्यक्ष पदका लागि मनोनयन आजै हुने बताइएको छ भने समितिका सभापतिहरूको मनोनयन सोमबार हुने एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम दंगालले जानकारी दिएका छन्।

यसअघि नै राष्ट्रिय सभाको अध्यक्ष माओवादीका नारायण दाहाल रहेका छन्।

त्यस्तै, रिक्त रहेको एक राष्ट्रिय सभा सदस्य पद मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनुपर्ने भए पनि अघिल्लो सरकारले गरेको ओमप्रकाश अर्यालको सिफारिस हालसम्म रोकिएको अवस्थामा रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय