२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

ललितपुरको सातदोबाटोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब १ बजेतिर सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले सोही दिशामा अघि बढिरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक ६५ वर्षीय बिदुर गुरुङ र उनकी आमा ८४ वर्षीया धनमाया गुरुङको ज्यान गएको हो। धनमाया मोटरसाइकलको पछाडि सवार थिइन्।

सुनसरी स्थायी घर भएका गुरुङ हाल ललितपुरको सानेपामा बस्दै आएका थिए। उनी सशस्त्र प्रहरी बलका अवकाशप्राप्त एसपी हुन्।

दुर्घटनापछि घाइते अवस्थामा दुवैलाई तत्काल अल्का अस्पताल लगिएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मधेश प्रदेश–०३–०००१ ख ०६ नम्बरको ट्रकले बागमती एए ९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटना सडकको छेउतर्फको लेनमा भएको जनाइएको छ।

घटनामा संलग्न ट्रक चालक बाराको जितपुर सिमरा–१२ निवासी ३३ वर्षीय बिनोद खा थारु प्रहरी नियन्त्रणमा रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय