२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

पत्रकार राजेन्द्र बानियाँ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सदस्य आशिका तामाङबीच सामाजिक सञ्जाल फेसबुकमा जुहारी चलेको छ।

धादिङ क्षेत्र नं. १ बाट निर्वाचित तामाङ पछिल्ला दिनमा विभिन्न कारणले विवादमा आइरहेकी छन्। हिजो सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनी पत्रकारसँग आक्रोशित रूपमा प्रस्तुत भएकी थिइन्।

केही दिनअघि उनले सामाजिक सञ्जालमा संविधान समातेर हिन्दी गीतमा भिडियो पोस्ट गरेकी थिइन्। सो विषयमा प्रश्न उठेपछि उनले उक्त भिडियो एआईबाट बनाइएको दाबी गरेकी थिइन्। त्यसपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो।

सिंहदरबारमा पत्रकारहरूले सोही विषयमा प्रश्न गर्दा तामाङले मिडियाकर्मीमाथि असन्तुष्टि जनाएकी थिइन्। उनले मिडियाले आफ्नो सकारात्मक कामलाई स्थान नदिएको तर साना विषयलाई प्राथमिकता दिएको आरोप लगाएकी थिइन्। साथै उनले पत्रकारहरूलाई काम गरेर खान सुझावसमेत दिएकी थिइन्।

यसै विषयमा प्रतिक्रिया जनाउँदै पत्रकार राजेन्द्र बानियाँले सामाजिक सञ्जालमा टिप्पणी गर्दै “जसले हिजो उचालेर काधमा चढाए, आज आशीर्वाद भेटे हैन— काम गरेर खानुस्” भन्ने अभिव्यक्ति दिएका थिए।

बानियाँको उक्त टिप्पणीमाथि प्रतिक्रिया दिँदै सांसद तामाङले सोही पोस्टमा टिप्पणी गरेकी थिइन्। उनले आफू संसदमा कसैको समर्थनमा होइन, जनताको मतबाट पुगेको बताएकी छन्। साथै उनले पत्रकारिताको अभ्यासमाथि पनि टिप्पणी गर्दै आफ्नो दृष्टिकोण राखेकी थिइन्।

उनले आफ्नो प्रारम्भिक संघर्ष र जनताबाट प्राप्त समर्थनलाई उल्लेख गर्दै आफूले जिम्मेवारीका साथ काम गरिरहेको बताएकी छन्। साथै सामाजिक सञ्जालमा आएको प्रतिक्रिया अप्रत्याशित रहेको उल्लेख गर्दै पनि धन्यवाद व्यक्त गरेकी छन्।

यस  विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय