२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सञ्चारकर्मी तथा टेलिभिजन प्रस्तोता राजेन्द्र बानियाँ अब युट्युबमा आफ्नो नयाँ यात्रा सुरु गर्न तयारी अवस्थामा छन्।

बानियाँका निकट साथी र युट्युबर टीकाराम यात्रीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत बानियाँको युट्युब यात्राबारे जानकारी दिएका हुन्। उनले बानियाँको आधिकारिक युट्युब च्यानलको लिङ्क शेयर गर्दै दर्शक तथा शुभेच्छुकलाई “प्रोत्साहन, आलोचना र समर्थनका साथ साथ दिनुहोस्” भन्दै अनुरोध गरेका छन्।

यात्रीका अनुसार बानियाँ अब युट्युबमार्फत वास्तविक सामाजिक कथा र भुइँ–स्तरका रिपोर्टमा केन्द्रित हुने तयारीमा छन्। उनले यसलाई ‘मुलधारको टेलिभिजन पत्रकारिताबाट स्वतन्त्र अनलाइन पत्रकारितातर्फको रूपान्तरण’ भनेका छन्।

हाल बानियाँ हिमालय टेलिभिजनका प्रधान सम्पादकको जिम्मेवारीमा छन्। तर, उनले टेलिभिजन छोडेका छन् कि छैनन् भन्नेबारे औपचारिक पुष्टि भने भएको छैन।

यात्री स्वयं पनि टेलिभिजनको सम्पादक रहेर युट्युबमा प्रवेश गरेका थिए। यसअघि दिलभूषण पाठक र विजयकुमार पाण्डेले समेत युट्युबलाई आफ्नै पत्रकारिताको नयाँ माध्यम बनाएका थिए।

बानियाँको प्रवेशसँगै युट्युबमा अब अर्को अनुभवी नाम थपिएको छ, जसले अनलाइन पत्रकारितामा नयाँ स्वाद ल्याउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय