२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसहित विभिन्न नेताहरूमाथि अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका रोशन पोखरेल रहेका छन्। उनी ‘Hades’ नामक युट्युब च्यानलमार्फत सामग्री प्रसारण गर्दै आएका थिए।

नेपाल प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उक्त च्यानलमा राखिएका सामग्रीकै आधारमा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार पक्राउ परेका पोखरेलमाथि साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। यसका लागि जिल्ला अदालत पाँचथरले १० दिनको म्याद थप गरिसकेको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ र प्राप्त तथ्यका आधारमा आगामी प्रक्रिया अघि बढाइने बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय