२०८२ चैत्र ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफल | त्रिवि शिक्षण अस्पतालमा ओलीको पित्तथैली शल्यक्रिया सुरु | प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिमाथि नयाँ बहस: स्रोत खुलाउन हर्क साम्पाङको माग | होर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दी घोषणा | बालेन क्याबिनेट सुनले पहेँलै ! कुल ७८७ तोला सुन- कसको कति? | प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण : १ करोड ४६ लाख नगद, श्रीमतीसँग १९० तोला गहना | उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाखभन्दा बढी मौज्दात : १५ तोला सुन | कृषि मन्त्रीको सम्पत्ति विवरणमा पशुचौपाया पनि समावेश : २ बाख्रा र १० कुखुरा | भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण : ९० लाख नगद र ३० तोला सुन | कानुनमन्त्री सोविता गौतमसँग सुन, सेयर र जग्गा-कति छ सम्पत्ति? |

गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनको र परिवारको नाममा ठुलो परिमाणमा जग्गा, सेयर, बैंक मौज्दात, सवारी साधन र पैतृक सुन रहेको उल्लेख गरिएको छ।

विवरणअनुसार गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ। त्यस्तै उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको विवरणमा देखाइएको छ। परिवारिक सम्पत्तिअन्तर्गत बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी विशाल जग्गा रहेको उल्लेख गरिएको छ।

सेयर लगानीतर्फ पनि उनको ठूलो हिस्सा रहेको विवरणमा देखिन्छ। होप होल्डिङ प्रालिमा ३० हजार कित्ता, लगुम प्रिमियर अपार्टमेन्टमा ५७ हजार कित्ता र अन्य सूचीकृत कम्पनीमा गरेर २ करोड ७४ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर लगानी रहेको जनाइएको छ। साथै एडभेन्चर भिल्ला प्रालिमा ७० हजार कित्ता सेयर (७० लाख रुपैयाँ) समेत रहेको विवरणमा उल्लेख छ।

सवारी साधनतर्फ लगुम प्रिमियर अपार्टमेन्टको एक कार रहेको देखाइएको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ रहेको जनाइएको छ।

बैंक मौज्दाततर्फ लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार, नबिल बैंकमा ५६ लाख २५ हजार र सानीमा बैंकमा १५ सय रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

त्यस्तै गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि विवरणमा देखाइएको छ, जसलाई पैतृक सम्पत्ति भनी उल्लेख गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय