२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र गतिशील बनाउने लक्ष्यसहित नयाँ कूटनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धतामा नेपालले आफ्नो सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्दै बदलिँदो विश्व राजनीति र छिमेकी शक्तिहरूको उदयलाई विकासको अवसरमा रूपान्तरण गर्ने नीति लिएको जनाएको छ ।

सरकारले कूटनीतिक क्षेत्रलाई प्रभावकारी बनाउन ‘परफरमेन्स अडिट’ प्रणाली लागू गर्ने उल्लेख गरेको छ । यसमार्फत विदेशस्थित नियोगहरूको काम, सक्रियता र नतिजाको मूल्यांकन वैज्ञानिक ढंगले गरिने बताइएको छ ।

प्रतिबद्धता पत्रमा नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रूपान्तरण गर्ने लक्ष्यसमेत राखिएको छ । त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटी विस्तारमार्फत राष्ट्रिय हित सुनिश्चित गर्ने सरकारको योजना छ ।

त्यसैगरी, नेपालले कुनै पनि सैन्य गठजोडमा नजाने स्पष्ट नीति दोहोर्‍याएको छ । युद्ध, हतियारको प्रतिस्पर्धा र सैन्य गठबन्धनले शान्तिमा असर पार्ने भन्दै सबै देशसँग समदूरी र समनिकटताको सम्बन्ध राख्ने नीति अपनाइने जनाइएको छ ।

सरकारले ‘नेपाल प्रथमः नेपाली प्रथम’ अवधारणालाई कूटनीतिक नीतिको केन्द्रमा राख्ने जनाएको छ ।

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै ‘सगरमाथा संवाद’ जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिइने पनि उल्लेख छ । साथै, जलवायु परिवर्तन, हिमालय संरक्षण, पर्वतीय क्षेत्रका मुद्दा तथा भूपरिवेष्टित देशहरूको साझा चासोका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका सशक्त बनाइने सरकारको प्रतिबद्धता छ ।

विदेशमा कार्यरत नेपाली कामदारहरूको हकहित, सुरक्षा र सामाजिक सुरक्षाका विषयमा पनि अन्तर्राष्ट्रिय समन्वयलाई थप सुदृढ बनाइने बताइएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय